आज बस्ने अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखबाट आएको पत्र पढाएर सुनाउने र आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचि अनुसार मन्त्री थापाले केही दिनअघि मन्त्रिपरिषद्को बैठकले पारित गरेको प्रदेश सामयिक राजश्व संकलन सम्बन्धी अध्यादेश पेस गर्नेछन् ।