Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत अस्पतालको कोभिड आईसीयूमा खटिएका डा. सविन भण्डारीमाथि दुर्व्यवहार भएको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा.सुमन दाहालले जानकारी दिए ।दुई दिनअघि पनि अस्पतालमा डा. दीलिप बराल माथि बिरामीका आफन्तले दुर्व्यवहार गरेको उनले बताए ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेको दाहालले बताए । चिकित्सकमाथि दुर्व्यवहार गर्नेमाथि कडा कारबाही हुनु पर्ने उनको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij