Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुश्मा नगरपालिकाले लामखुट्टे र लार्भा खोज्दै 

कुश्मा नगरपालिकाले लामखुट्टे र लार्भा खोज्दै 

  • gaja.jpg

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ।

    AGNI GROUP

    पछिल्लो समयमा डेंगु संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले बिहीबारदेखि सो अभियान सुरु गरिएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

    नगरपालिकाका प्रमुख याम प्रसाद शर्माका अनुसार बजारमा पानीको अभाव हुन सक्ने पिरले भाँडामा केही दिनदेखि पानी जम्मा गरेर राख्ने, घरका छत तथा कौसीमा राखिएका फूलदानीमा लामखुट्टेले प्रजनन गर्ने, ग्यारेजहरूमा लामो समयदेखि जम्मा पारेर राखिएका पुराना टायर तथा अन्य सामग्रीहरूमा पानी जम्मा भएर बस्ने, सडक छेउछाउमा रहेका झाडी तथा पानी जम्मा हुन सक्ने प्लास्टिकजन्य बस्तुहरूमार्फत पनि लामखुट्टेको प्रकोप बढ्ने भएकाले बजारमा क्षेत्रमा सरसफाइ अभियान थालिएको हो।

    अभियानमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, जनप्रतिनिधि तथा बजार वासीहरूले घरघरमा पुगेर जम्मा गरेर राखिएको पानी पोख्ने तथा डेंगु फैलिने कारण, असर र यसको रोकथामको बारेमा सचेतना फैलाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट