Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुँदै

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन हुँदै

  • काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन हुँदैछ। प्रदेश प्रमुख नजिर मियाँले दिएको आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समयसीमा भित्र नयाँ सरकार गठन हुन लागेको हो।

    onlinepatrika
    Arghakhachi

    केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो। सोही अनुसार एमालेको समर्थनमा आइतबार (आज) कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछ।

    AGNI GROUP

    सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ। आइतबार साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ।

    मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी देखिएको छ।

    त्यहाँ प्रकाश देउवा र बहादुरसिंह थापा पनि मुख्यमन्त्रीका आकांक्षी रहेपछि कांग्रेसले अहिले बिहान ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ।

    उक्त बैठकले उम्मेदवारको विषयमा ठोस निर्णय गर्नेछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुंगो लगाउने छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट