
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवरले मानवसेवा आश्रममा संरक्षित आमाबुबालाई खाना खुवाएका छन् । प्रहरी महानिरीक्षक कुँवरसँगै प्रहरी अतिरिक्त महानिरिक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरिक्षकलगायतको प्रहरी इन्चार्जहरुको सहभागिता थियो ।
प्रहरी संगठनको मुख्य कमाण्डरसहितको टोलीले मानवसेवा आश्रम अवलोकन, आश्रमका आमाबुबालाई भोजनसेवा र आवश्यक खाध्यान्न चामल, दाल र तेल सहयोग गरेको मानवसेवा आश्रमका रामजी अधिकारीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij