
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् । काठमाडौंको बालाजु चोकमा रहेको एटीएम मेसिन फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भएका १८ वर्षिय राधेश्याम बैठा पक्राउ परेका हुन् ।
आइतबार माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा प्रहरीले उनलाई समातेको हो । प्रहरीले बैठाको साथबाट फलामको रड पनि बरामद गरेको छ ।
प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij