
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । यसअघि, बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि तय भएको हो ।
बैठकमा बदलिएको राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका विषयमा छलफल हुने नेता देव गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले आगामी भदौंमा केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा निर्णय गर्ने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij