Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेयर बजारमा उछाल

सेयर बजारमा उछाल

  • काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसुचक ५९.६८ अंकले बढेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से २.५२ प्रतिशतले बढेको हो । बढेसँगै नेप्से २४२४.३२ अंकमा उक्लिएको छ ।

    images
    images
    images

    आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ । ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज फाइनान्स र हाइड्रोपावर उपसमुहका कम्पनीका सेयर घटेका छन् । अन्य उपसमुहका सेयर बढेका छन् । जीवन बिमा १४६.३१, लघुवित्त १३९.४०, निर्जीवन बिमा १२३.९२ अंकले बढ्यो । सबैभन्दा बढी फाइनान्स ३५.६९ अंकले घट्यो ।

    सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था थ्री स्टार हाइड्रोपावर कम्पनीले कमाए । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । कुमारी बैंक, प्रभु बैंक, रिभर फल्स पावर लिमिटेडको मूल्य क्रमश ९.५३, ९.५१ र ९.११ प्रतिशतले बढ्यो ।

    कारोबार रकमको आधारमा नेपाल फाइनान्स, माथिल्लो तामाकोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र साइन रेसुगा विकास बैंक अघि रहे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij