Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । औषधि व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित 'ओफिन’ एन्टिबायोटिक ट्याब्लेटमा प्रतिबन्ध लगाएको छ।
बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०–२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको विभागले जनाएको छ।
‘उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरिएको छ’ विभागले भनेको छ।
विभागले बजारबाट प्रतिबन्धित ओफिन तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको छ। साथै सो औषधिको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न सबैलाई आग्रहसमेत गरेको छ।
ओफिन ट्याब्लेट एन्टिबायोटिक औषधि हो र विभिन्न खालका संक्रमण हुँदा यो औषधि प्रयोग गर्न चिकित्सकहरुले सिफारिश गर्छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij