Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२१ मन्त्रीले लिए शपथ (सूचीसहित)

२१ मन्त्रीले लिए शपथ (सूचीसहित)

  • काठमाडौं । नवनियुक्त २१ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ जना मन्त्रीहरूले पनि शपथ लिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएका थिए ।

    AGNI GROUP

    गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन् ।

    मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ-

    केपी शर्मा ओली, प्रधानमन्त्री

    प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास

    विष्णु पौडेल, उपप्रधान तथा अर्थ

    पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय

    रमेश लेखक, गृह

    शरतसिंह भण्डारी, श्रम तथा रोजगार

    आरजु राणा देउवा, परराष्ट्र

    नवलकिशोर साह सुडी, महिला बालबालिका

    बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

    दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

    देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात

    तेजुलाल चौधरी, युवा तथा खेलकुद

    प्रदीप यादव, खानेपानी

    प्रदीप पौडेल, स्वास्थ्य

    अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला

    बद्री प्रसाद पाण्डे, पर्यटन

    रामनाथ अधिकारी, कृषि

    विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि

    मानवीर राई, रक्षा

    दीपक खड्का, जलस्रोत तथा ऊर्जा

    राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य

    ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij