Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बैंकका अध्यक्ष र सञ्चालक नै नक्कली भ्याट बिल प्रयोग गरी कर छलीमा संलग्न

बैंकका अध्यक्ष र सञ्चालक नै नक्कली भ्याट बिल प्रयोग गरी कर छलीमा संलग्न

  • काठमाडौं । पोखराका प्रतिष्ठित व्यापारी तथा पूर्वसांसद स्वर्गीय सूर्यबहादुर केसीका परिवार नक्कली भ्याट बिल प्रयोग गरी कर छली गर्ने कार्यमा संलग्न रहेको भेटिएको छ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले आफ्नो स्वामित्वमा रहेका कम्पनीमा नक्कली फर्म तथा बिल प्रयोग गरेर राजस्व छली गर्ने र हिसाब मिलान गर्न कर्मचारीको खाता प्रयोग गर्ने गरेको पाइएको छ । विशेष गरी केसी कन्स्ट्रक्सनमा राजस्व छलीसम्बन्धी कार्य भएको देखिएको हो ।

    AGNI GROUP

    रारा चाउचाउ तथा माछापुच्छ्रे बैंकका संस्थापक सूर्यबहादुर केसीको निधनपश्चात् उनको व्यवसाय छोराहरूले सञ्चालन गर्दै आएका छन् । स्वर्गीय केसीका छोराहरूले सञ्चालन गरिरहेको केसी कन्स्ट्रक्सनमा ठूलो परिमाणमा कर छली भएको विषयमा अनुसन्धान भइरहेको छ ।

    कर छली गरी आर्जन गरेको रकमको व्यवस्थापन गर्न कन्ट्रक्सन कम्पनी र माछापुच्छ्रे बैंकका कर्मचारीलाई समेत संलग्न गराएकोे आशंका रहेको छ। विभिन्न जलविद्युत् परियोजना निर्माण गर्ने ठेक्का लिएको सो कम्पनीले लागत मूल्यभन्दा कयौं गुणा बढीको इस्टिमेट तयार गर्ने र सो इस्टिमेटको हिसाब मिलान गर्न निर्माण सामग्री आपूर्ति भएको भन्दै फर्जी कम्पनीबाट नक्कली बिल जारी गर्ने गरेको भेटिएको हो।

    नक्कली बिलबापत केसी कन्ट्रक्सनमा जम्मा हुने रकम कर्मचारीका नाममा निकासा गरी आफूले फिर्ता लिने गरेको र यसमा माछापुच्छ्रे बैंकका कर्मचारीले सेटलमेन्ट गर्ने गरेको पाइएको छ। स्वर्गीय केसीका छोरा रोशन केसी तथा माहिली बुहारी बन्दना कार्कीको मिलेमतोमा श्री सुभा जगदम्बा ट्रेड कन्सर्न, मिसन ट्रेड लिंकलगायतका कयौं फर्जी कम्पनीबाट नक्कली भ्याट बिल बनाएर निर्माण लागत बढाइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट