Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लगानीकर्ताको परिपक्व अवधि पूरा भइसक्दा पनि पैसा लिन नआएपछि...

लगानीकर्ताको परिपक्व अवधि पूरा भइसक्दा पनि पैसा लिन नआएपछि...

  • काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमा लगानी गरेका केही लगानीकर्ताले परिपक्व अवधि पूरा भइसक्दा पनि आफ्नो पैसा लिन आएका छैनन् । परिपक्व अवधि पूरा भए पनि पैसा भुक्तानी लिन नआएको रकम गत जेठसम्म करिब १५ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

    images
    images
    images


    बचतपत्रको पैसा फिर्ता लिन आउँदैनन् लगानीकर्ता धेरै नागरिकलाई परिपक्व अवधिबारे जानकारी नभएर, लगानीकर्ताको मृत्यु भएर, अदालत तथा अख्तियारको आदेश, नेपाल बाहिर रहेरलगायत कारण नागरिक परिपक्व भएको रकम पनि भुक्तानी लिन नआएको राष्ट्र बैंकको भनाइ छ ।

    हालसम्म भुक्तानी हुन बाँकी यस्तो रकम करिब १४ करोड ९० लाख रुपैयाँ छ । त्यसमध्ये सबैभन्दा धेरै नागरिक बचतपत्रमा ९ करोड ९३ लाख, वैदेशिक रोजगार बचतपत्रमा ९१ लाख र विकास ऋणपत्रमा ४ करोड ६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । यसकारण राष्ट्र बैंकले सूचना जारी गरेर पैसा भुक्तानी लिन आउन लगानीकर्तालाई आह्वान गरेको छ । ‘नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरूले ०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशिघ्र भुक्तानी लिनुहुन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

    गत चैत १९ देखि सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउँदै आएको छ । त्यसअघि आन्तरिक ऋण उठाउने काम राष्ट्र बैंकले गर्दै आएको थियो । अब आफूले आन्तरिक ऋण उठाउने काम गर्न छोडेपछि हालसम्म परिपक्व भएको ऋणपत्ररबचतपत्रको दायित्व पनि आफैं भुक्तानी गरेर राफसाफ गर्न लागिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विमाग प्रमुख पीताम्बर भण्डारीले बताए ।

    ‘परिपक्व भएको ऋणपत्ररबचतपत्र बापतको भुक्तानी सरकारबाट हामीले लिइसकेका छौं, त्यसलाई सम्बन्धित लगानीकर्तालाई बिक्री गरेर आफ्नो दायित्वबाट मुक्त हुन चाहेका हौं,’ उनले भने, ‘यही प्रक्रियामा हामीले साँवा र ब्याज फिर्ता लिन आउन सूचना आह्वान गरिसकेका छौं ।’ सूचना आह्वान भइसके पनि निकै कम मात्र रकम लिन आएको विमाग प्रमुख भण्डारीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij