
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आज बिहीबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको विनियम दर केही घटेको छ भने डलरको मूल्य केही बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९४ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर१४४ रुपैयाँ ९६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij