Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

अर्को निर्णय नभएसम्म रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो !

अर्को निर्णय नभएसम्म रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो !

  • काठमाडौं । शंकास्पद वित्तीय विवरण प्रस्तुत गरेर रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिड विधिबाट सर्वसाधरणका निम्ति जारी गरेको शेयर रोकिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चासो लिएपछि नेपाल धितोपत्र बोर्डले अर्को निर्णय नभएसम्मका लागि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकिएको हो ।

    images
    images
    images

    नेपाल धितोपत्र बोर्डका प्रवक्ता नवराज अधिकारीअनुसार संसदको लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही प्रश्न उठाएपछि बोर्डले आईपीओ रोकेको हो । असार २७ गते रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न लागेको थियो । कम्पनीले बुक बिल्डिङमार्फत् प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन तयारी गरेको थियो ।

    २ करोड ६० लाख अधिकृत पूँजीमा २०५१ चैतमा रिलायन्स स्पिनिङ मिल्सको स्थापना भएको थियो । कम्पनीले आईपीओमार्फत् सर्वसाधारणमा जाने कुरालाई वित्तीय कोणबाट र पृष्ठभूमिगत कोणबाट चर्चा भइरहेको छ । एकातिर कम्पनीको घट्दो नाफा रहेको छ । आईपीओ मार्फत सर्वसाधारणबाट १ अर्ब ५८ करोड रुपैयाँ उठाउने तयारी थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij