Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस जनप्रशासन क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले १७० विद्यार्थीलाई एकै पटकमा सम्मान गरेको छ ।
स्ववियुद्वारा आयोजित एक कार्यक्रममा पुरस्कार तथा मेडल वितरण गरिएको हो । साथै जनप्रशासन स्नातक र स्नातकोत्तर २०८० भर्ना समूहलाई स्वागत तथा स्नातक २०७५ भर्ना समूहलाई बिदाइ गरिएको छ ।
स्ववियुले पुराना प्रश्नपत्रको संगालो २०८१ को विमोचन पनि गरेको छ । स्ववियु खेलकुद सप्ताह पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम समापनका अवसरमा निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, बाग्मती प्रदेश सभा सदस्य सरल सहयात्री तथा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि उपस्थिति थियो ।
स्ववियु अध्यक्ष अग्र बहादुर शाहीले जनप्रशासन क्याम्पसको स्थापनाकाल २०३३ साल देखि ४८ वर्ष यताकै सबै भन्दा ठुलो र भव्य अतिरिक्त कार्यक्रम गरिएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij