Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिवनाथमा महाकाली करिडोरका कारण घर र खेतमा क्षति

शिवनाथमा महाकाली करिडोरका कारण घर र खेतमा क्षति

  • काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर १ मा महाकाली करिडोरबाट भेलसँगै बगेको ढुङ्गा, गिट्टी र बालुवाले स्थानीयको घर तथा खेतमा क्षति पुगाएको छ।

    onlinepatrika
    Arghakhachi

    लगातार दुईदिन परेको अविरल वर्षाका कारण सडकबाट बगेको पानीले तीन कोठे घरमा क्षति पुगाएको स्थानीय वीरबहादुर चाडले बताए। वर्षाको कारण सडक हुँदै आएको भेलले  शिवनाथ९१ को मटेला, कोलीकनाला, बण्ड, र गना गाउँमाका अन्य ६/७ घरमा क्षति पुगाउनुको साथै रोपाइँ गरेको खेत पुरेको स्थानीय मदनसिंह साउँदले बताए।

    AGNI GROUP

    महाकाली करिडोरका कारण शिवनाथ गाउँपालिका क्षेत्रमा खेत बगाउने, पुर्ने र घरमा क्षति पुगाए झै पञ्चेश्वरमा समेत सडक क्षेत्रभन्दा तलको खेतमा व्यापक क्षति पुगाएको साउँदले बताए। वर्षाका कारण भएको क्षतिको विवरण संकलन गर्न प्रहरी टोली घटनास्थल तर्फ गएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताएका छन्। उनले मङ्गलवार साझसम्म क्षतिको पूर्ण विवरण थाहा हुने बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij