Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

दाङमा बाढीले बगाएर १ जनाको मृत्यु, १ बेपत्ता

दाङमा बाढीले बगाएर १ जनाको मृत्यु, १ बेपत्ता

  • काठमाडौं । ​बाढीले बगाएर दाङमा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना बेपत्ता भएका छन् ।

    images
    images
    images

    बाढीले दर्जनौं घर डुबानमा परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान राप्ती नदीमा आएको बाढीले ट्याक्टर बगाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

    दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका–२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए ।​ उनको सनाखत हुन सकेको छैन ।​​

    ​लमहीबाट दूध बेचेर फर्किँदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए ।

    बाढीमा फसेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij