
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाण्डौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि अर्को पत्र पनि लेखेको छ ।
बुधबार अख्तियारले पहिरो पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियो ।
बिहीबार फेरि अख्तियारले प्रेस संयोजकको रूपमा रमा लुईंटेल र रुपकृष्ण कर्माचार्यलाई नियुक्ति दिएको विषयमा बयानका लागि मेयर महर्जनलाई अर्को पत्र पठाएको हो । अख्तियारले मेयर महर्जनलाई असार २६ र २८ मा टङ्गालको कार्यालयमा बोलाएको छ ।
यसअघि २०७७ सालमा धापाखेल क्षेत्रका पहिरो पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत एक लाख ५० हजार र दुई लाख रुपैयाँ राहत दिएको भन्दै उनीमाथि उजुरी परेको थियो । जसका लागि गएको मंगलवार अख्तियारले बयानका लागि महर्जनलाई बोलाएको थियो ।
ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको चाकुपाटमा रहेको घरले सार्वजनिक जग्गा मिचेको भन्दै बुधबार डोजर चलाए लगत्तै अख्तियारले पत्र काटेर बयानका लागि मेयर महर्जनलाई बोलाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij