
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले सत्ता समीकरणमा आएको फेरबदलबारे कडा टिप्पणी गरेका छन् ।
उनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै यो समय गिरिबन्धु चियाको भएको बताएका हुन् । ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, मेयर शाहले लेखेका छन् ।
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij