Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मजदुरद्वारा नगरपालिकाको गाडीमा तोडफोड

मजदुरद्वारा नगरपालिकाको गाडीमा तोडफोड

  • काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड भएको छ। महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुरले सोमबार नगरपालिकाको गाडीमा तोडफोड गरेका हुन।

    images
    images
    images


    सोमबार भीमदत्त नगरपालिकाको टोली घर तथा टहरा हटाउन स्काभेटर लगेर गएको थियो। खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुरले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाई दिएका थिए।

    खाली गरेका घर तथा टहरा हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष शुशिल भट्ट र आफुमाथि खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताए। भिडले प्रवक्ता अवस्थी र भट्ट चढेर गएको बा २ झ ३८८९ नम्बरको जिपमा तोडफोड गर्दा क्षति पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij