Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल

रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल

  • काठमाडौं । धनगढीको कैलालीमा तुलनात्मक रूपमा सुविधा सम्पन्न अस्पताल रहेकाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत उपचारका लागि बिरामीहरू आउने प्रदेशको अस्थायी राजधानी धनगढीमा रगतको अभाव बढेको छ। चर्को गर्मी र खेतीपातीको सिजनमा रक्तदाता घटेपछि रगतको अभाव भएको हो। 

    onlinepatrika
    Arghakhachi

    नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र धनगढीमा रगतको मौज्दात घट्दो छ। बिरामीका लागि आवश्यक परेका बेला तत्कालै रगत पाउने अवस्था छैन। गर्मीयाम सुरु भएसँगै रगत आपूर्तिमा समस्या देखिएको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए।

    AGNI GROUP

    ‘रक्त सञ्चार केन्द्रका अनुसार रगत आपूर्तिको सबैभन्दा भरपर्दो स्रोत स्वयंसेवी रक्तदाता भएको, तर गर्मी सिजनमा रक्तदाताको संख्या घटेको छ। हिजोआज ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी रहेको छ। ‘कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेको वेला पाउने अवस्था छैन, हामीले रक्तदाता खोजेर भए पनि दिने प्रयास गर्छौँ,’ रक्त सञ्चार केन्द्रका प्रमुख पन्तले भने, ‘त्यस्तो अवस्थामा रगत पाउन केही समय ढिलो हुन्छ।’

    समयमै रगत नपाउँदा कतिपय शल्यक्रियासमेत प्रभावित भइरहेका बताइएको छ। रक्त सञ्चार केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ। रक्तदाता भने दैनिक न्यूनतम १० देखि अधिकतम २५ जना पुग्ने गरेका केन्द्रले जनाएको छ। केही रगत रक्तदान कार्यक्रमहरूमार्फत संकलन हुन्छ।

    नेपाल रेडक्रस सोसाइटी कैलालीले रगत अभावको समस्या बढ्दै गएकाले रक्त सञ्चार केन्द्रमा आएर रक्तदान गर्न वा रक्तदान कार्यक्रमहरू सञ्चालन गरी सहज आपूर्तिमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ। रेडक्रस कैलालीका सभापति वासुदेव बिनाडीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रगत आपूर्तिमा अहिले कठिनाइ भइरहेकाले रक्तदान गरेर जीवन दान दिन आग्रह गरेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट