Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

१८ वर्षदेखि बस्दै आएका पाँच सय घरटहरा भत्काइयो

१८ वर्षदेखि बस्दै आएका पाँच सय घरटहरा भत्काइयो

  • काठमाडौं। कैलालीमा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका करिब पाँच सय घरटहरा भत्काइएको छ । भजनी नगरपालिका–१ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका करिब पाँच सय घरटहरा सोमबार भत्काइएको हो ।

    images
    images
    images

    डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घरटहरा भत्काएको हो । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरूले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए ।

    डिभिजन वन कार्यालयका प्रमुख रामविचारी चौधरीको नेतृत्वमा घरटहरा भत्काउन थालिएको हो। भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाको वडा नम्बर ३, ५, ७ र ९ का बासिन्दाहरू बाढीपीडित भन्दै बस्न आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij