Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव भीमप्रसादमाथि आक्रमण

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव भीमप्रसादमाथि आक्रमण

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव भीमप्रसाद आचार्यमाथि बिहीबार राती कालीकोटको शुभकालिका गाउँपालिकास्थित मुकाम सुकाटियामाआक्रमण भएको छ ।

    images
    images
    images

    आचार्यमाथि गाउँपालिकाका लेखापाल कृष्ण रोकाया र पशु शाखा करार सेवामा काम गर्ने नवीन शाहीको समूहले नियोजित रुपमा योजनाबद्ध तरिकाले आक्रमण गरेको आचार्यको परिवारको आरोप छ । आक्रमण गरेको आरोपमा रोकाया र शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ गरेको छ ।

    आक्रमणबाट आचार्य गम्भीर घाइते भएको शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । आचार्यको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । उनको टाउको, दायाँ आँखामा गम्भीर चोट लागेको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अखिल क्रान्तिकारीले पनि घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij