Jun 04 2026 | २०८३, जेठ २१ गते
डडेल्धुरा । भागेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पूर्ण खोपका सबै सूचांक पूरा गरेको आधारमा पालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पूरा गरी १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा उपसंयोजक मदन भाटले जानकारी दिए ।
स्वास्थ्य शाखामार्फत् दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि भागेश्वर गाउँपालिकाको सबै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाएरनपाएको एकिन गरी वडा र पालिकाको पूर्ण खोप सुनिश्चितता गरिएको उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij