Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बजेटप्रति ओलीको असन्तुष्टि !

बजेटप्रति ओलीको असन्तुष्टि !

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट’bout फेरि असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेट’bout असन्तुष्टि जनाउदै बजेट ’bout अलिक खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।

    images
    images
    images

    उनले भने,‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गएपनि के भयो र ? हामी सरकारमा छँदैछौं भनेर हुन्छ ? त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ ।’

    उनले आफूहरु स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे । उनले अर्को प्रसंगमा प्रतिक्रियावादीहरुले पार्टीको ’boutमा नयाँ नयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको आरोप लगाए ।

    उनले भने,‘आज विहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले ५ अर्ब खाईसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि ? तर, ५ अर्ब केपी ओलीले खायो, खाने भयो भनेर ।’

    ओलीले भ्रमको जालो फिजाएर एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ भनेर एकथरी लागिरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij