Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

कुवेती दिनारको मूल्य घट्दा डलर बढ्यो

कुवेती दिनारको मूल्य घट्दा डलर बढ्यो

  • काठमाडौं । आज आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज कुवेती दिनारको मूल्य सामान्य घटेको छ भने डलरको मूल्य केही बढेको छ ।

    आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ पुगेको छ । केही घटेको कुवेती दिनार एकको खरिद दर ४३४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ४३६ रुपैयाँ ८८ पैसा रहेको छ ।

    यूरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij