
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।
गढवा गाउँपालिका– २, पचहिया निवासी २६ बर्षीय रन्जित चौधरीले २१ बर्षीया श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराइ प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् ।
जेठ २४ गते राती करिब ९ बजेतिर गम्भीर घाइते भएकी उनको बुटवलको क्रमिसन हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । घरासयी विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij