Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सहकारीपीडितमाथि दमन भएको भन्दै संसद्‌मा विरोध काठमाडाैं

सहकारीपीडितमाथि दमन भएको भन्दै संसद्‌मा विरोध काठमाडाैं

  • काठमाडाैं । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाउने कास्कीका सहकारीपीडितमाथि बुधवार पोखरामा भएको धरपकडबारे राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले विरोध जनाएका हुन् । 

    images
    images
    images

    केसीले सहकारी ठगलाई उन्मुक्ति र पीडितलाई ज्यादती गरिएको आरोप लगाए । ‘यसअघि प्रधानमन्त्री पोखरा जाँदा पीडितले विनम्रतापूर्वक बिन्तीपत्र हालेका थिए । हाम्रो पसिना खाएँ भनेर विरोध गर्दा पीडितमाथि दमन भएको छ,’ केसीले भने, ‘चोरलाई चौपारी, पीडितलाई डण्डा भनेजस्तो भयो । सहकारी पीडितमाथि दण्डा बर्साइयो ।’ 

    हाम्रो पसिना खाएँ भनेर विरोध गर्दा पीडितमाथि दमन भएको छ,’ केसीले भने, ‘चोरलाई चौपारी, पीडितलाई डण्डा भनेजस्तो भयो । सहकारी पीडितमाथि दण्डा बर्साइयो ।’ 

    हिजो आन्दोलनमा साथ दिएका, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि लडेका नागरिकमाथि गरिएको दमन निन्दनीय भएको उनले बताए । ‘अहिले गठन गरिएको छानबिन समिति टालटुल गर्न हो, सहकारी पीडितलाई जोगाउन हो । ठगहरुविरुद्ध एउटै ठाउमा उभिनु पर्छ,’ केसीले भने । 

    सांसद सुवालले नाम राख्दैमा कम्युनिस्ट नहुने भन्दै पोखराका सहकारीपीडितमाथि गरिएको दमन निन्दनीय भएको बताए । ‘प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटना नयाँ होइन । सरकारले सहकारीपीडित जनलाई दमन गरेका, निन्दनीय हो,’ सुवालले भने । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij