Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल जाने

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री दाहाल जाने

  • काठमाडौं । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

    AGNI GROUP

    मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।

    मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । प्रधानमन्त्री मोदीले आफ्नो बुधबार नै राजीनामा दिएका छन् अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताइएको छ । सम्भवत मोदीले आज नै सरकार गठनको दाबेदारी गर्ने छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij