Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मधेशमा सिंहलाई मुख्यमन्त्री बनाउने जनमतको निर्णय

मधेशमा सिंहलाई मुख्यमन्त्री बनाउने जनमतको निर्णय

  • काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई अघि सार्ने निर्णय गरेको छ । मधेश प्रदेशमा सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतका प्रवक्ता डा.शरदसिंह यादवले बताए ।

    images
    images
    images

    सिंह सप्तरी २ ‘क’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

    मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारुढ दलबीच सहमति भइसकेको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सघाउने भएका छन् ।

    मधेश प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि सिंहलाई मुख्यमन्त्री बनाउने जनमतले निर्णय गरेको हो । जनमतको बैठकमा यादवभन्दा पनि राजपुत समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठेको थियो । त्यसैले संसदीय दलका नेतालाई छोडेर सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij