Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विराटनगरबाट खैरो हेरोइनसहित युवक पक्राउ

विराटनगरबाट खैरो हेरोइनसहित युवक पक्राउ

  • काठमाडौं । विराटनगरबाट बुधबार लागूऔषध खैरो हेरोइनसहित एक जना युवक पक्राउ परेका छन् ।

    images
    images
    images

    विराटनगरका २७ वर्षीय विकास रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले रायलाई विराटनगर-१५ स्थित १ नम्बर ढाटबाट बिहान ११ बजेतिर पक्राउ गरेको हो । 

    खैरो हेरोइन ओसारपसार भइरहेको विशेष सूचना पाएपछि उनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । भारतको जोगवनीबाट आउँदै गरेका रायको शरीर खानतलासी गर्दा साथबाट ११.२० ग्राम खैरो हेरोइन बरामद भएको जानकारी डीएसपी बस्नेतले दिए ।

    रायविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उनका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij