Logo

Jun 03 2025 | २०८२, जेठ २० गते

Jun 03 2025 | २०८२, जेठ २० गते

ओलीले होच्याएर बोलेको चर्चाकाबीच सुमनाले खोलिन् मुख

ओलीले होच्याएर बोलेको चर्चाकाबीच सुमनाले खोलिन् मुख

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशीसँग कुनैपनि सम्बन्ध राख्दैमा देशद्रोही नहुने बताएकी छन् ।बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला भन्दै हेपेको चर्चा भएको थियो ।

    images
    images
    images

    सो अभिव्यक्तिलाई सुमनाले घुमाउरोरुपमा जवाफ दिएकी हुन् । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    images

    ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिने गरी मंगलबार सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, “के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij