Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्माले जनतालाई झुक्याएर राजनीति नगर्न आग्रह गरेका छन् ।मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीलाई १० हजार करोडको काण्ड लुकाउनका लागि अर्को काण्ड नगर्न सुझाव दिएका हुन् ।
उनले झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धु टि स्टेसले ओगटेको जग्गा नै दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् ।
साहले त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथलाई ओलीले फेरि सडक बनाउन थालेको भन्दै कटाक्ष गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij