Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  • काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंक बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो ।

    images
    images
    images

    आज तीन सय २५ कम्पनीको ९६ लाख ९७ हजार दुई सय ६ कित्ता शेयर ६५ हजार ६ सय ५४ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा लगानी समूह शून्य दशमलव २३, उत्पादन तथा प्रशोधन दुई दशमलव ४० र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

    सबैभन्दा धेरै व्यापार समूहको ६ दशमलव ५६ र वित्त समूहको उपसूचक दुई दशमलव १७ प्रतिशतले बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij