Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा

काठमाडौं महानगरको १५औँ नगर सभा जेठ ३२ मा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा, १५ औँ अधिवेशन ज्येष्ठ ३२ गतेका लागि आव्हान गरिएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो ।

    images
    images
    images

    आज बसेको बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं. २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक दरबन्दी परिपूर्ति गर्ने लगायतका विषयमा छलफल गरेर प्रस्ताव पारित गरेको छ ।

    त्यस्तै बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवं प्रकाशन कार्यविधि ( २०८१’ ‘श्रम बैंक सञ्चालन कार्यविधि–२०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि ( २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ । यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका–२०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि–२०८१’ संशोधनसहित पारित भएका छन् ।

    ६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वेच्छिक अवकाशमा जान चाहने स्वयमसेविकाहरुलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij