
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । गण्डकी प्रदेशको मुख्य न्यायधिवक्ता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले म्याग्दीका शर्मालाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई नियुक्त गरे । उनले दिउँसो २ बजे शपथ ग्रहण गर्नेछन् । पहिलो पटक मुख्यमन्त्री हुँदापनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शर्मालाई नै मुख्य न्यायधिवक्ता बनाएका थिए ।
शर्मा २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
यसअघि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्य न्यायाधिवक्तामा लमजुङका एमाले नेता कृष्ण अधिकारीले नियुक्त गरेका थिए ।
खगराज अधिकारीको सरकार ढलेसँगै अधिकारी पदमुक्त भएका हुन् । शर्मा गण्डकीका छैठौं मुख्य न्यायधिवक्ता बनेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij