Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने

  • काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई साउन १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि हिजो ज्योतिषहरुले साउन १७ गतेको साइत निकालेका हुन् ।

    images
    images
    images

    १७ गते नै रथलाई जावलाखेलमा पुर्‍याउन सकेमा साउन २० गते भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

    यसैबीच रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा हिजो भएकोे छ । कलदेवीको पूजा गरिने दिनमा नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेर्ने चलन अनुसार हिजो साइत हेरिएको हो । यसवर्ष बैशाख २९ गते रथ तानेर रातो मच्छिन्द्रनाथको रथजात्रा शुुरु भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij