Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘प्रहरी हौँ’ भन्दै काठमाडौंको सुन पसलमा लुटपाट...

‘प्रहरी हौँ’ भन्दै काठमाडौंको सुन पसलमा लुटपाट...

  • काठमाडौं । ‘प्रहरी हौँ’ भन्दै काठमाडौँ कपनको मुस्कान चोक नजिक रहेको सुन पसलमा लुटपाट भएको छ । प्रहरीले लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ भने ३ जना अझै फरार रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरीले घटनामा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ४८ वर्षीय भाग्यराम पाइनलाई पक्राउ गर्न सफल भएको हो ।

    AGNI GROUP

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्दै आएका पाइन र उनको समूहले गत जेठ १३ गते सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए ।

    उपरीक्षक रेग्मीका अनुसार सो राति करिब ११ बजे पाइनको समूह सुन पसलका सञ्चालक जय विक्रम विकको डेरामा पुगेका थिए । ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएका थिए ।

    पसल खोलेपछि विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभिन्न गरगहना र मोबाइल लुटपाट गरी फरार भएका थिए । अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो । पाइनलाई प्रहरीले गत जेठ १४ गते गोकर्णेश्वरबाट चोरी गरेको सुनका केही गहनासहित पक्राउ गरेको उपरीक्षक रेग्मीले जानकारी दिए ।

    उनको साथबाट ५० दरको ३ सय अमेरिकी डलर र मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो । पाइनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट