
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नयाँ बजेट प्रस्तुत भएको भोलिपल्टै सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर २०८९ दशमलव ४२ को विन्दुमा पुगेका छ ।
मंगलबार ३१४ कम्पनीको ६३ हजार ८० पटकको कारोबारमा १ करोड ७३ लाख ८ हजार १ सय ६९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २ सय ७४ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले घटेर ३७४ दशमलव ०९ को विन्दुमा पुगेको छ । ५६ कम्पनीको सेयर भ्यालु बढेको छ भने १९१ कम्पनीको सेयर भ्यालु घटेको छ । त्यस्तै, १३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ८ वटा घटेको छ साथै म्युचुअल फण्ड स्थिर रहेको छ ।
निर्माण समूहको परिसूचक १७४ दशमलव ०१ अंकले बढेको छ भने होटेल र टुरिजमको ६१ दशमलव ७५ अंकले बढेको छ । जीवन बीमा कम्पनीले १३४ दशमलव ६४ अंक गुमाएको छ भने निर्जीवन कम्पनीले १०४ दशमलव ६२ अंक गुमाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij