Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

काँग्रेसविरुद्ध एमाले आक्रोशित !

काँग्रेसविरुद्ध एमाले आक्रोशित !

  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।

    उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

    उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए । कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij