Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

केवल काटिँदा टेलिकमको सेवा प्रभावित

केवल काटिँदा टेलिकमको सेवा प्रभावित

  • काठमाडौं । दाङ, सल्यान, रुकुम लगायतका जिल्लामा नेपाल टेलिकमको सेवा आंशिक रूपमा प्रभावित भएको छ । सडक विस्तारका क्रममा एडीएसएस केवलमा क्षति पुग्दा टेलिकमको सेवामा समस्या देखिएको हो ।

    onlinepatrika
    Arghakhachi

    “दाङको लमहीदेखि घोराहीतर्फ जाने बाटोमा चपटाको नजिक डोजर चलाउँदा केवलमा क्षति पुगेको छ,” नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकले टेकपानासँग भने, “हाम्रो सबै नेटवर्क त्यतैबाट गएको छ । जसका कारण टेलिफोन, इन्टरनेट लगायतका सेवामा समस्या देखिएको हो ।”

    AGNI GROUP

    उनका अनुसार सेवा प्रवाहित भएको ठाउँमा नेटवर्क पुरै डाउन भने भएको छैन । तर सबै ट्राफिक धान्न सक्ने अवस्था नभएको  उनले जनाए । अहिले उक्त ठाउँमा मर्मतका लागि प्राविधिक टोली पुगिसकेको पनि उनले बताए । विद्युत प्राधिकरणको हाइटेन्सन टावरमा चढ्नु पर्ने भएकाले र ती कर्मचारी तेस्रो पक्षबाट लगाउनु पर्ने भएकाले केही समयभित्रमा नै सेवा सुचारु हुने उनको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij