Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाण्डाै – नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरेरै छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको छ ।
आज बिहान कांग्रेस नेताहरूको आन्तरिक छलफलले गोर्खा मिडिया नेटवर्कको नाममात्र लिएर नपुग्ने भन्दै कम्तीमा त्यहाँ संलग्न व्यक्तिहरू कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन नसक्ने निष्कर्षसहित व्यक्तिको नाम किटान गर्नुपर्ने अडानमा कायम रहने निर्णय गरेको बैठकपछि सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।
आज कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बूढानीलकण्ठ पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि सभापति देउवाले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने कांग्रेसको अडानबारेमा जानकारी गराउनुभएको सहमहामन्त्री परियारले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij