Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

१० महिनामै नेपाल भित्रिए साढे आठ हजार बिजुली गाडी, सरकारलाई नौ अर्ब बढी राजस्व

१० महिनामै नेपाल भित्रिए साढे आठ हजार बिजुली गाडी, सरकारलाई नौ अर्ब बढी राजस्व

  • काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २१ अर्ब आठ करोड ८० लाख रुपैयाँ बढीको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा सो मूल्य बराबरको कुल आठ हजार ४९७ गाडी भित्रिएका हुन् ।

    यो अवधिमा वैशाख महिनामा मात्रै १४०४ बिजुली गाडी आयात भएको छ । निरन्तर उकालो लागेको बिजुली गाडीको आयात सरकारले अर्धवार्षिक समीक्षा मार्फत कर बढाउने हल्ला चल्दा फागुनमा घटेको थियो । फागुनमा नेपालमा २७६ ओटा बिजुली गाडीमात्रै भित्रिएका थिए ।

    images
    images
    images

    तर करमा कुनै फेरबदल नभएपछि पुन: बिजुली गाडीको आयात बढ्न थालेको हाे । वैशाखमा ५० किलोवाटसम्मका ५७०, ५१-२०० किलोवाटसम्मका ८१९, १०१-२०० किलोवाटसम्मका १२, २०१-३०० किलोवाटसम्मका तीन ओटा मात्र बिजुली गाडी आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij