Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

  • काठमाडौं । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने  दुईजना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लुम्बिनी एएए ८७०० नम्बरको मोटर साइकल र लमहीबाट भालुबाङतर्फ जाँदै गरेको रा ३प ८२४५ नम्बरको मोटरसाइकल लमही नगरपालिका–१ नर्तीमा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–६ ताप्ला बजार निवासी ५४ वर्षीय वीरबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहनुभएका प्रहरी नायब उपरीक्षक मल्लका अनुसार दुर्घटनामा घाइते खड्काको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

    दुर्घटनामा घाइते रोल्पा गङ्गादेव गाउँपालिका–६ ताल्चा बजार निवासी ५७ वर्षीय कमानसिंह खत्री  र रुपन्देही जिल्ला गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको  लमही अस्पतालमा उपचार भइरहेको छ । घट्ना बारेमा थप अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij