Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एमाले अध्यक्ष ओली आज दिनभरी झापामा शिलान्यास र उद्घाटनमा व्यस्त हुने

एमाले अध्यक्ष ओली आज दिनभरी झापामा शिलान्यास र उद्घाटनमा व्यस्त हुने

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली आज विभिन्न शिलान्यास र उद्घाटनका कार्यक्रममा दिनभरी व्यस्त हुने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन ओली हिजो झापा पुगेका थिए ।

    images
    images
    images

    एमाले अध्यक्ष ओलीले अहिले केहीबेरमा कमल गाँउपालिकाको पाडाजुंगी पुगेर एसियन हाइवेको शिलान्यास गर्दैछन् । दुईलेनको पूर्व पश्चिम राजमार्गलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेन बनाउन लागिएको छ ।

    शिलान्यास हुन लागेको पूर्वी खण्डको काँकडभिट्टा –लौकही सम्म ९५ किलोमिटर लामो हुने छ । यो सडक एसियाली विकास बैंकको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो ।
     
    सडक शिलान्यासका लागि उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ पनि झापा पुगिसकेका छन् । सडक शिलान्यास लगत्तै अध्यक्ष ओलीले झापा क्षेत्र नं ४ को शिवगञ्ज–मदरगाछ खण्डको कन्काई पुलको पनि शिलान्यास गर्न त्यहाँ पुग्ने छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij