
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले कसैमाथि आरोप नलगाएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि निशाना बनाएका थिए ।
‘मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरू सदनमा पढी वाची सुनाएको ।’ लामिछानेले भने ।
‘छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ ।’ उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij