
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सोमबार बिहान करिब ११ बजे बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको हो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण १० बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरू भएको संसद सचिवालयले जनाएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी छ । प्रधानमन्त्री कार्यालयले विश्वासको मत लिने भन्दै संसद सचिवालयमा पत्र पठाएका थियो । त्यसबारे छलफल गर्न परामर्श समितिको बैठक बसेको हो ।
बैठकमा विभिन्न दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
विश्वासको मत लिने प्रक्रियामा अवरोध पुर्याए कालान्तरसम्म पनि प्रभावित बनाउने उनको धारणा थियो । संसदीय छानबिन सिमिति बनाउने विषयमा पनि गृहकार्य भइरहेको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij