
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका हुन् ।
बैठक बिहान १० बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।
सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij