Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

तेस्रो त्रैमासिक समीक्षाका चार नीतिगत व्यवस्थाहरू

तेस्रो त्रैमासिक समीक्षाका चार नीतिगत व्यवस्थाहरू

  • काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । केही नीतिगत व्यवस्थाहरूमा फेरबदल गर्दै र केहीलाई यथावत् राख्दै बैंकले तेस्रो समीक्षा सार्वजनिक गरेको हो ।

    images
    images
    images

    जसअनुसार केही व्यवस्थाहरू यस प्रकार रहेका छन् ।

    १. बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा राखिएको छ ।

    २. बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइएको छ ।

    ३. बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १२५ प्रतिशतबाट घटाई १२० प्रतिशतमा झारिएको छ ।

    ४. घरजग्गा खरिद प्रायोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशतमा कायम गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij