
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । जलाएको अवस्थामा भेटिएका व्यक्ति ललितपुर घर भएका विष्णु प्रसाद सुवेदी भएको पुष्टि भएको छ । काभ्रे पाँचखाल नगरपालिका–४ स्थित जिरो किलोमा जलाएको अवस्थामा भेटिएको शव विष्णु प्रसाद सुवेदीको भएको पुष्टि भएको छ । वैशाख २८ मा उनी मृत भेटिएका थिए ।
शव दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोट घर भएका विष्णु प्रसाद सुवेदी भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अनुसन्धान अधिकृतहरूले दाँतबाट उनको पहिचान खुलाएका हुन् । माथिल्लो भागमा ३ वटा र तल्लो भागमा उनले ९ वटा दाँत हालेका थिए । रुखमा तारले बाँधेर जलाएको अवस्थामा शव फेला परेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित टिकाथलीमा पनि उनको घर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij